काठमाण्डौ बाट मे १५ मा सिड्नी फ्लाईट नआउने

५ मे,सिड्नी ।
लकडाउनका कारण नेपालमा फसेका अष्ट्रेलियाली,पिआर होल्डर र उनका ईमिडेट फेमली मेम्बर र न्युजिल्याण्डका नागरीक लिएर बुधबार काठमाण्डौ बाट सिड्नी नेपाल एयरलाईन्सको चार्टड बिमान उड्दैछ । नेपालमा ठुलै संख्यामा अष्ट्रेलियाली र पिआर होल्डर फसेका भए पनि चार्टड बिमानमा आउन खासै रुचि देखाएका छैनन् ।पहिलो पटक अप्रिल १ मा नेपाल एयरलाईयन्सले २५० अष्ट्रेलियाली,पिआर होल्डर,न्युजिल्याण्डका नागरीक र केहि अष्ट्रेलियाको हेल्थ केयरमा काम गर्नेहरुलाई लिएर आएको थियो । त्यसपछि क्यानडा संगको संयुक्त चार्टड बिमानमा केहि अष्ट्रेयालीहरु ल्याएको थियो ।नेपालमा लकडाउन बढ्ने संकेत देखिपछि नेपाल स्थित अष्ट्रेलियन राजदुताबासको पहलमा दोस्रो पटक आफ्ना नागरिक र पिआर होल्डरलाई अष्ट्रेलिया पठाउन लागेको हो ।यस अघि मे १५ मा तेस्रो तथा अन्तिम चार्टड फ्लाईट गर्ने अष्ट्रेलियन दुताबासले तयारी गरे पनि यात्रुहरुले रुचि नदेखाएपछि १५ मेमा चार्टड उडान नहुने भएको छ । चार्टड बिमानको भाडादर उच्च रहेकाले आउन सकिने नेपाली मुलका पिआर होल्डर बताउछन् ।

बिहिबार सिड्नी आइपुग्ने बिमान सोही दिन रित्तै फर्कदैछ । यो उडान क्याप्टेन बिजय लामाको नेतृत्वमा हुने अष्ट्रेलियन दुताबासले जनाएको छ । दुताबासले राजदुत पिटर र क्याप्टेन लामाको तस्बिर समेत फेसबुकमा सार्बजनिक गर्दै खुसी ब्यक्त गरेको छ । ( First Photo : Hon.Ambassador for Nepal Mr.Peter Budd with Captain Mr.Vijay Lama / Photo:Au Embassy to Nepal)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।