२४ फ्रेब्रुअरी,सिड्नी ।
अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसियसनले शनिबार सम्पन्न अधिबेशन बाट आगामी कार्यकालका लागि नयाँ नेतृव पाएको छ । क्यानबेरामा आयोजित अधिबेशनमा अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन भएको हो ।अध्यक्ष पदका लागि कृष्ण तिवारी र नारायण खड्का त्यसैगरी उपाध्यक्ष पदका लागि माधब गैह्रे र प्रकाश हुमागाँईको उमेद्दवारी थियो । निर्वाचन बाट अध्यक्षमा तिवारी र उपाध्यक्षमा गैह्रे विजयी बनेका हुन् ।
सर्वसम्मत बाट कार्यकारी समितिको महासचिवमा गणेश भट्ट,कोषाध्यक्षमा खगेन्द्र सत्याल,सचिवमा तक्दिर अधिकारी,प्रबक्तामा मिलन दाहाल र जनसम्पर्क अधिकारीमा कोम खत्री छानिएका हुन् । यसै गरी कार्यकारी सदस्यहरुमा सरल गुरुङ,विनायक अधिकारी,गोपाल छन्त्याल र केदार रायामाझी रहेका छन् ।
अधिबेशनमा पत्रकार गुरुङलाई स्व.टीका कार्की पत्रकारीता अवार्ड बाट सम्मानित गरिएको थियो । कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत चित्रालेखा यादब लगायतको उपस्थित थियो ।