नेपाली जनसम्पर्क समिति समन्वयन बिभाग सदस्यमा भट्ट नियुक्त

२५ जुलाई,सिड्नी ।
नेपाली कांग्रेस केन्द्रिय समितिले नेपाली जनसम्पर्क समिति समन्वयन बिभागको सदस्यमा ईन्जिनियर मोहन देब भट्टलाई नियुक्त गरेको छ । नेपाली कांग्रेसको सभापती शेर बहादुर देउवाले भट्टलाई बुधबार नियुक्त गरेका हुन् । नेपाली कांग्रेसको भातृ संगठनको रुपमा स्थापित जनसम्पर्क समिति बिभिन्न देशहरुमा रहेका छन् । संगठनले बिदेशमा रहेका नेपाली तथा नेपाली मुलका नागरिकहरुलाई नेपाली कांग्रेस संगको राजनितिमा जोड्ने काम गर्छ भने सामाजिक कामहरुमा समेत संगठन स्थापित छ ।

नबनियुक्त भट्टले जनसम्पर्क भित्र रहेको दुषित राजनितिलाई सफा गरी संगठन प्रतिको आस्था र विश्वासलाई उचाईमा पुर्याउने अभियान रहेको बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।