नेपाली समुदाय संग एन्जाको अन्तर्कृया

२८ जुन,सिड्नी ।
अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोशियसन (एन्जा)ले शुक्रबार सिड्नी स्थित रकडेलमा नेपाली समुदाय संग अन्तर्कृया कार्यक्रम गरेको छ । मिडिया एण्ड कमिन्युटी नामक अन्तर्कृयामा बिशेषतःसिड्नीका पत्रकार,ब्यापारी,पेशाकर्मी,नेपाली मुलका राजनितिज्ञ,बिध्यार्थीहरु, गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका पदाधिकारीहरुको लगायतको सहभागीता थियो ।

एशोशियसनका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा समप्न्न कार्यक्रममा समुदाय प्रति नेपाली मिडियाको भुमिका,अबसर तथा चुनौतीका बारे समेत बहस गरियो । कार्यक्रममा आगामी दिनहरुमा नेपाली मिडिया र समुदाय बिचको सम्बन्धका बारे समेत बहस गरिएको थियो ।

कार्यक्रममा अष्ट्रेलिया बसाईमा पुराना ब्यक्तित्व डा.नाराण प्रधान,ईन्द्रा वन लगायतले मिडिया,पत्रकार र समग्र एन्जालाई सुझाव समेत दिएका थिए । साथै सहभागीहरुले मिडिया प्रतिको गुनासा सहितका जिज्ञासा समेत राखेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।