१७ जेठ काठमाण्डौ ।
बिशेषगरी टिकटकमा चर्चामा रहेकी टिकटकर तुल्सा अधिकारीलाई ईन्टरपोलको सहयोगमा थाइल्याण्डमा पक्राउ गरी नेपाल ल्याइएको छ ।
६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको अवस्थामा उनलाई काठमाडौं ल्याइएको हो ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को रेड नोटिसका आधारमा नियन्त्रणमा लिएपछि उनी अहिले ललितपुर प्रहरीको हिरासतमा छिन् ।
उनीविरुद्ध सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाको जाहेरी परेपछि अनुसन्धान प्रहरी भएको थियो ।
लामो समय देखि तुलसा कलेक्सनको नामले परिचित तुल्सा र चिमोरिया बिचको लफडाले सामाजिक संजाल रंगिएको आएको छ ।







