१५ जेठ ।
सरकारले आगामी आर्थिक बर्ष देखि तीन वटा मुलुकमा रहेका नेपाली राजदूतावास र दुई मुलुकमा रहेका महावाणिज्यदूतावास बन्द गर्ने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमा सो कुरा बताएका हुन् ।
सरकारले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका दूतावासबन्द गर्ने भएको हो ।
त्यस्तै अमेरिकाको सानफ्रान्सिस्कोस्थित महावाणिज्यदूतावास र चीनको छङ्तुमा रहेको महावाणिज्यदूतावास पनि बन्दको सूचीमा छन् । त्यस्तै भारतको विशाखापटनममा रहेको दूतावासको शाखा पनि खारेज गरिने भएको छ ।







