२१ जेठ काठमाण्डौ ।
भक्तपुरका विभिन्न होटल तथा रेस्टुरेन्टमा खाना खाजा खाएर पैसा नतिरी व्यवसायीलाई धाकधम्की दिने रास्वपा ओखलढुङगाका ३८ बर्षीय कुल बहादुर बस्नेतव्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं. ७ स्थायी घर भएका बस्नेत काभ्रे बुडोल बस्दै आएका छन् । उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले मंगलबार मध्यपुर ठिमी नगरपालिका–१, मनोहरापुल नजिकैबाट नियन्त्रणमा लिएको हो।
बस्नेतले ठिमी क्षेत्रमा रहेका विभिन्न होटल तथा बर्गर हाउसहरूमा खाजा-खाना खाएपछि पैसा नतिर्ने र व्यवसायीहरूले पैसा माग्दा उल्टै धाकधम्की दिई ठगी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका बस्नेत गत निर्वाचनमा रास्वपा उमेद्दवार विश्वराज पोख्रेलका निकटतम ब्यक्ति हुन् । उनले काठमाण्डौका केहि दोहोरी साँझहरुमा समेत खाएर पैसा नतिरेको स्रोत बताउछ ।







