२४ फ्रेब्रुअरी,सिड्नी ।
चलचित्र निर्माता,निर्देशक तथा अभिनेता नवल खड्का निर्देशित तथा अभिनित चलचित्र “काँडेतार” शनिबार सिड्नीमा प्रदर्शन गरिएको छ । देशभक्ती चलचित्रलाई सिड्नीमा डि व्याईजले प्रदर्शन गरेको हो । खड्का चलचित्रको प्रदर्शनका लागि केहि दिन अघि सिड्नी आईपुगेका थिए ।चलचित्रको प्रदर्शनमा एनएसडब्लु राज्यका निबर्तमान महाबाणिज्यदुत दिपक खड्का, एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष मन केसी लगायत चलचित्रकर्मीहरुको समेत उपस्थित थियो । चलचित्र काँडेतार यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत भएकाले दर्शकहरूले मन पराएको प्रतिकृया निर्देशक तथा अभिनेता खड्काले प्रतिकृया दिए ।
गायिका सत्यकला राई कार्यकारी निर्माता रहेको चलचित्रमा अन्जु केसी, माकिको राई, नादिया खड्का, सनया खड्काको लगानी रहेको छ । सो चलचित्रमा नवल खड्का, सुरविना कार्की, रेविका गुरूङ, गौरव पहाडी, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा आदि कलाकारको अभिनय रहेको छ ।