३ चैत्र,सिड्नी ।
नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरमले शनिवार सिड्नीमा आयोजना गरेको एक कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेपालको बिमानस्थलका सन्दर्भमा अभिब्यक्ती दिएका छन् । नेता शर्माले नेपाल बिकासकै क्रममा रहेको र क्षेत्रफल तथा आर्थिक हिसाबले एउटै अन्तर्राष्ट्रिय बिमानस्थल पर्याप्त रहेको बताए । नेपाली काँग्रेस निकट फोरमको रजत जयन्तीको अबसरमा आयोजित कार्यक्रममा शर्माले नेताहरुले भोटका लागि भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण गरेको दाबी गरे ।
गौतम बुद्द र पोखरा बिमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुनाले अब कुनै बेला बिमानस्थलमा क्रिकेट खेल भएमा आश्चार्य मान्नु नपर्ने बताए । उनले नेपाल क्रिकेट एशोसियसनका अध्यक्षलाई ईंगित गर्दै बरु क्रिकेट खेलाउदा उपयुक्त हुन सक्ने समेत बताए । साथै ती दुई अन्तर्राष्ट्रिय बिमानस्थलले देशलाई थप ऋण बोकाउने काम गरेको पनि शर्माले बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आंग्दम्वेको समेत उपस्थित थियो ।