७ श्रावण,सिड्नी ।
गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको निर्बाचन नजिकिदै गर्दा अध्यक्षका प्रत्यासीहरुको समुहले भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । यसै बिच अध्यक्षका प्रत्यासी डिला खरेलको समुहले आईतबार सिड्नीमा भेटघाट कार्यक्रम आयोजना गरेको छ ।जुलाई २९ मा हुने निर्बाचनमा अध्यक्षका प्रत्यासीमा खरेल सहित अनिल पोख्रेल र देब गुरुङ रहेका छन् । खरेल नेपाली कांग्रेस निकट जनसम्पर्क समिति र एनएडिएफको साझा उमेद्दवार हुन् भने उनलाई अन्य दर्जनौ संघ-सस्थाको समेत समर्थन रहेको छ ।
भेटघाट कार्यक्रममा गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाका संस्थापक मन खत्री,पुर्ब अध्यक्ष गणेश केसी सहित अग्रज ब्यक्तित्व डा.नाराण प्रधान,कर्पोरेट तथा बिभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको समेत बाक्लो सहभागीता रहेको थियो ।
कार्यक्रममा अधिकांस बक्ताहरुले डिला खरेल नै अहिलेको लागि योग्य र सक्षम उमेद्दवार भएकाले जित सुनिश्चित भएको दाबी गरे । बक्ताहरुले गैर-आवासीय नेपाली संघ अष्ट्रेलियामा खरेलको सकृयता र योग्दानको प्रशंसा गर्दै अष्ट्रेलियाबासी नेपाली समुदायले खरेलको पक्षमा मतदान गर्न समेत अनुरोध गरे ।
कार्यक्रममा गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाका संस्थापक मन खत्री,पुर्ब अध्यक्ष गणेश केसी,जनसम्पर्क समिति अष्ट्रेलिया एनएसडब्लु राज्य संयोजक शितल गिरी,कर्पोरट तर्फ भवानी ओली,रन्जु वाग्ले थापा,एनएडिएका पुर्ब अध्यक्ष बिबेक थापा,निरज श्रेष्ठ लगायतका बक्ताहरुले स्वतःस्फुर्त रुपमा एकजुट भएर खरेलको पक्षमा मतदान गर्नु पर्नेमा जोड दिए ।
यस्तै जनसम्पर्क समिति अष्ट्रेलियाका सभापती सुरेश गुरुङले नेपाली कांग्रेसमा आस्था राख्नेहरुको एक मात्र आधिकारीक उमेद्दवार डिला खरेल र उनको समुह रहेको बताउदै कोही-कसैले कांग्रेसको नाममा अरु उमेद्वार देखाउदै मत मागे पनि आधिकारी उमेद्दवार डिला खरेलको समुह भएकाले डिला समुहलाई मतदान गर्न सुझाब दिए ।
सन् २०२३-२०२५ को कार्यकालका लागि डिला खरेलको राष्ट्रिय समुहको महासचिवमा रोशन घले,सचिवमा थिर गुरुङ,कोषाध्यक्षमा ईरशाद अहमद रहेका छन् भने,युवा संयोजकमा रन्जित राज ओन्टा र सह-कोषाध्यक्षमा अर्जुन केसी रहेका छन् ।