एनआरएनए अष्ट्रेलिया निर्बाचनःडिला खरेलको चर्चा चुलिदै

६ असार,सिड्नी ।
गैर-आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उमेद्दवारी घोषणा गरेका डिला खरेलको चर्चा चुलिदो छ । अध्यक्ष पदका प्रत्यासी खरेल करिब १५ बर्ष देखी गैर-आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियामा सकृय छन् । उनले संघको स्थापनाकालदेखी संस्थाको कोषाध्यक्ष र प्रबक्ता पदमा रहेर काम गरीसकेका छन् ।

सफल ब्यबसायीका रुपमा परिचित खरेलले नेपाल सहित अष्ट्रेलियामा सामाजिक कामहरुमा समेत सकृयतापुर्बक भुमिका निर्बाह गर्दै आईरहेका छन् । युबामाझ प्रिय बनेका खरेलले अष्ट्रेलियाको नेपाली समुदायमा आयोजना हुने खेलकुदलाई समेत प्रबर्द्दन गर्दै आईरहेका छन् ।

अष्ट्रेलियामा बस्ने आम नेपालीहरुको छाता संगठन भएको र युबाहरुको प्रतिनिधित्व गरी संघलाई राजनितिमुक्त गरी बिशुद्द रुपमा सामाजिक काम गर्नैका लागि आफ्नो उमेद्दवारी रहेको बताउने खरेलले संघको नेतृत्वमा अनुभवी, लगनशील, वौद्धिक र उर्जाशील नेतृत्व आवश्यक भएकोले आफ्नो बिकल्प नरहेको दाबी गरेका छन् ।

आगामी कार्यकाल २०२३-२०२५ को लागि हुने निर्बाचनका लागि खुल्ला गरिएको सदस्यता आबेदनको अन्तिम समयको पुर्ब सन्ध्यामा अध्यक्षका प्रत्यासी खरेलको चर्चा बढ्दो छ ।

जुलाई २९ मा अनलाईन मार्फत् हुने निर्बाचनमा अध्यक्ष पदकै प्रत्यासीका रुपमा बर्तमान कोषाध्यक्ष अनिल पोख्रेल र एनएसडब्लुका संयोजक देब गुरुगको समेत उमेद्दवारी रहने चर्चा छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।