श्यामसुन्दर गिरी ।
१० चैत्र,सिड्नी ।
एशोशियसन अफ नेपाल तराई ईन अष्ट्रेलियाले यस बर्ष पनि सिड्नीमा होली पर्व मनाएको छ । शनिवार रकडेलमा बिबिध साँस्कृतिक कार्यक्रम सहित होली पर्ब मनाएको हो ।कार्यक्रममा रितेश पाण्डे,जगेश ठाकुर र अन्नु चौधरीले प्रस्तुती दिएका थिए । कार्यक्रममा गायक दिपक लिम्बुको उपस्थित हुने भनिए पनि कारणवश उनको उपस्थित हुन सकेन । कार्यक्रममा गायिका अन्नु चौधरी मुख्य आकर्षणका रुपमा रहेकी थिईन् । उनको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
एक-आपसमा रंग लगाएर शुभकामना आदान-प्रदान गरी मनाईने यस पर्बले आपसी सम्बन्ध,सद्भभाव र भाईचारालाई बलियो बनाउने विश्वास लिईन्छ । भने,पछिल्लो समय बिदेशीले समेत नेपालीहरुको समुदाय र कार्यस्थलमा होली मनाउने गरेका छन् ।
सामाजिक कार्यमा सकृय रहेको एशोशियसनका अध्यक्ष रंन्जित शाहले आगामी दिनहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिईने बताएका छन् । स्मरणरहोस् एशोशियसनले छठ पर्ब समेत स्वदेशमा झै मनाउदै आएको छ ।