५ मे,सिड्नी ।
लकडाउनका कारण नेपालमा फसेका अष्ट्रेलियाली,पिआर होल्डर र उनका ईमिडेट फेमली मेम्बर र न्युजिल्याण्डका नागरीक लिएर बुधबार काठमाण्डौ बाट सिड्नी नेपाल एयरलाईन्सको चार्टड बिमान उड्दैछ । नेपालमा ठुलै संख्यामा अष्ट्रेलियाली र पिआर होल्डर फसेका भए पनि चार्टड बिमानमा आउन खासै रुचि देखाएका छैनन् ।पहिलो पटक अप्रिल १ मा नेपाल एयरलाईयन्सले २५०
अष्ट्रेलियाली,पिआर होल्डर,न्युजिल्याण्डका नागरीक र केहि अष्ट्रेलियाको हेल्थ केयरमा काम गर्नेहरुलाई लिएर आएको थियो । त्यसपछि क्यानडा संगको संयुक्त चार्टड बिमानमा केहि अष्ट्रेयालीहरु ल्याएको थियो ।नेपालमा लकडाउन बढ्ने संकेत देखिपछि नेपाल स्थित अष्ट्रेलियन राजदुताबासको पहलमा दोस्रो पटक आफ्ना नागरिक र पिआर होल्डरलाई अष्ट्रेलिया पठाउन लागेको हो ।
यस अघि मे १५ मा तेस्रो तथा अन्तिम चार्टड फ्लाईट गर्ने अष्ट्रेलियन दुताबासले तयारी गरे पनि यात्रुहरुले रुचि नदेखाएपछि १५ मेमा चार्टड उडान नहुने भएको छ । चार्टड बिमानको भाडादर उच्च रहेकाले आउन सकिने नेपाली मुलका पिआर होल्डर बताउछन् ।
बिहिबार सिड्नी आइपुग्ने बिमान सोही दिन रित्तै फर्कदैछ । यो उडान क्याप्टेन बिजय लामाको नेतृत्वमा हुने अष्ट्रेलियन दुताबासले जनाएको छ । दुताबासले राजदुत पिटर र क्याप्टेन लामाको तस्बिर समेत फेसबुकमा सार्बजनिक गर्दै खुसी ब्यक्त गरेको छ । ( First Photo : Hon.Ambassador for Nepal Mr.Peter Budd with Captain Mr.Vijay Lama / Photo:Au Embassy to Nepal)







