सिड्नीको रकडेलमा प्रहरीको जवाफी गोलीमा एकको मृत्यु

२० अप्रिल,सिड्नी ।
नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्नीको रकडेल स्थित बे स्ट्रिटमा सोमबार बिहान  भएको घटनामा एकजनाको घटना स्थलमा नै मृत्यु भएको छ । सेन्ट जर्ज पुलिस एरिया कमाण्डका अफिसरहरूले पोल्यायर र कुकुर सहित राती ११ बजेर ४५ मिनेटको समयमा शंकास्पद बुसल्याण्डको खोजी गर्ने क्रममा घटना घटेको हो ।लामो समय सम्म खोजतलास गर्दा सोमबार बिहान १२ बजेर ४० मिनेटको समयमा ५१ बर्षीय पुरुषले प्रहरीलाई चक्कु र हतौडीले प्रतिकार गर्दा प्रहरीको जवाफी कारबाहीमा प्रहरीको गोलीले उक्त पुरुषको मृत्यु भएको हो । घटना स्थलमा उनलाई एनएसडब्ल्यू एम्बुलेन्स प्यारामेडिक्सले उपचार गरे पनि घटनास्थलमै मृत्यु थियो । उक्त ब्यक्तीको थप बिबरण खुलाईएको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।