२० अप्रिल,सिड्नी ।
नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्नीको रकडेल स्थित बे स्ट्रिटमा सोमबार बिहान भएको घटनामा एकजनाको घटना स्थलमा नै मृत्यु भएको छ । सेन्ट जर्ज पुलिस एरिया कमाण्डका अफिसरहरूले पोल्यायर र कुकुर सहित राती ११ बजेर ४५ मिनेटको समयमा शंकास्पद बुसल्याण्डको खोजी गर्ने क्रममा घटना घटेको हो ।
लामो समय सम्म खोजतलास गर्दा सोमबार बिहान १२ बजेर ४० मिनेटको समयमा ५१ बर्षीय पुरुषले प्रहरीलाई चक्कु र हतौडीले प्रतिकार गर्दा प्रहरीको जवाफी कारबाहीमा प्रहरीको गोलीले उक्त पुरुषको मृत्यु भएको हो । घटना स्थलमा उनलाई एनएसडब्ल्यू एम्बुलेन्स प्यारामेडिक्सले उपचार गरे पनि घटनास्थलमै मृत्यु थियो । उक्त ब्यक्तीको थप बिबरण खुलाईएको छैन ।






