७ जुन,सिड्नी ।
गैर-आवासिय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालका लागि संघका निबर्तमान प्रबक्ता डिला खरेलले उम्मेद्वारी घोषणा गरेका छन् । उनले फेसबुक मार्फत् बुधबार उमेद्दवारी घोषणा गरेका हुन् ।अध्यक्षका प्रत्यासी खरेल संघको स्थापनाकालदेखी संस्थाको कोषाध्यक्ष र प्रबक्ता पदमा रहेर काम गरीसकेका छन् । ब्यबहारिक परोपकारमा बिश्वास गर्ने उनले संस्थालाई अनुभवी, लगनशील, वौद्धिक र उर्जाशील नेतृत्व आवश्यक भएकोले आफू नेतृत्वका लागि योग्य भएको फेसबुकमा उमेद्दवारी घोषणामा लेखेका छन् ।
नेतृत्वमा निर्बाचित भएमा संस्थालाई नवीन, उर्जाशील र युवामैत्री बनाउने उनको योजना छ । सफल ब्यबसायीका रुपमा समेत छबि बनाएका खरेल १५ बर्ष देखि एनआरएनए अष्ट्रेलिया र सामाजिक कार्यमा सकृय छन् ।