अष्ट्रेलियामा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज

८ बैशाख,सिड्नी ।
अष्ट्रेलियाका अत्यधिक धेरै जनसङ्ख्या भएका दुई सहरमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम हटाइएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार न्यु साउथ वेल्स र भिक्टोरिया राज्यमा सरकारले कोरोनाको क्वारेन्टाइनसम्बन्धी नियम हटाएको हो । योसँगै अब चाँडै अन्य कडा प्रतिबन्धात्मक व्यवस्था पनि हट्ने अपेक्षा गरिएको छ ।ती राज्यहरुमा यसअघि कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरु कम्तीमा सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो । यो नियमका कारण धेरै काम तथा व्यापार व्यवसायमा असर परेकाले समस्या भएको आवाज उठेपछि सरकारले हटाउने निर्णय गरेको हो ।

सङ्क्रमित भए पनि कुनै स्वास्थ्यमा समस्या नभएकाहरु पनि सात दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियमले कतिपय कार्यालयमा कर्मचारी व्यवस्थापनमा सबैभन्दा ठुलो समस्या भएको अधिकारीहरुले जनाएका छन् । Photo Source : Head and neck panic clinic

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।