हालै सिड्नी आएका एक नेपाली बिध्यार्थी मृत भेटिए

२२ फाल्गुन,सिड्नी ।
उच्च शिक्षा अध्ययनका लागि जनवरी १७ मा सिड्नी आईपुगेका नेपाली बिध्यार्थी सुजन बस्नेत मृत फेला परेका छन् । काठमाडौं गल्फुटारका स्थायी घर भएका बस्नेत सिड्नीको अर्वनस्थित आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।उनी वेन्टवर्थ इन्सिच्यूटमा उच्च शिक्षा अध्ययनका लागि आएको र कलेजसमेत जान पाएका थिएनन्। मार्च २ तारीखका दिन राती मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धानको लागि उनको शव लिडकमस्थित शवगृहमा राखेको छ ।मृतकको शवलाई नेपाल पठाउन गोफण्मी मार्फत् सहयोग संकलन समेत सुरु गरिएको छ । मृत्युको कारण भने खुलाईएको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।