भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियाको घोषणा

२८ माघ, सिड्नी ।
अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीलाई आकर्षित गर्न भिषा शुल्क फिर्ता दिने घोषणा गरेको छ । उसले यस्तो सुविधा निश्चित समयमा अष्ट्रेलिया प्रवेश गरेका विद्यार्थीले मात्रै पाउने जनाएको छ ।यो सुविधा जनवरी १९ देखि १९ मार्च २०२२ को बिचमा अष्ट्रेलिया प्रवेश गर्ने विद्यार्थी भिषावाहकले पाउनेछन् । विद्यार्थी भिषाको सबक्लासहरु ५००, ५६०, ५७०, ५७१, ५७२, ५७३, ५७४ र ५७५ वहाकले भिषा शुल्क फिर्ता पाउने भएका हुन् । भिषा वाहकले तोकिएको समयमा सन् २०२२ को डिसेम्बर ३१ भित्रमा शुल्क फिर्ता लिन सक्नेछन् ।

भिषाबाहकले भिषा शुल्क फिर्ता लिनका लागि १४२४ नम्बरको फारम भर्नुपर्नेछ । जसका लागि सबैभन्दा पहिले गृह मन्त्रालयको यो लिंकमा जानुहोस् । वेवसाइटमा रहेको फारम डाउनलोड गरेर भरेपछि दुइ तरिकाले आवेदन प्रकृया अघि बढाउन सकिन्छ । भिषा शुल्क इमि अकाउन्टमा तिरेकाहरुको हकमा त्यसमा लगइन गरेर म्यानेज पेमेन्टमा जानुपर्छ । त्यसपछि क्रेडिटमा गएर रिक्वेष्ट रिफण्ड थिच्नुपर्छ । रेक्वेष्ट गरेपछि पनि अनिवार्य रुपमा १४२४ नम्बरको फारम भर्नुपर्छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।