सिड्नीमा मोटरसाइकल दुर्घटनामा नेपाली विद्यार्थीको निधन

१९ माघ, सिड्नी ।
सिड्नीको लेपिङ्गटनमा मोटरसाइकल दुर्घटनामा परी नेपाली बिध्यार्थी २४ वर्षिय अशिम थपलियाको मृत्यु भएको छ । जनवरी २६ तारिखका दिनमा दुर्घटना भएको गोफण्डमीमा उल्लेख गरिएको छ । थपलियाको शबलाई नेपाल पठाउनका लागि राजेश तिमिल्सिनाले गो फण्ड मिमार्फत सहयोग संकलन गरेका छन् ।पछिल्लो समय अष्ट्रेलियामा बिभिन्न दुर्घटनामा परी नेपालीहरुको निधनको क्रम बढ्दो छ । जनवरी २२ मै सिड्नीको ग्रानभिलमा कारको ठक्कर बाट गत महिना मात्रै अध्ययनका लागि आईपुगेकी सुष्मिता लामा शक्त घाईते भएकी छिन् । उनको उपचार भईरहेको छ र उपचार लगायतका सहयोगका लागि गोफण्डमि मार्फत् सहयोग रकम उठाईएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।