३ माघ,सिड्नी ।
सिड्नीमा नेपाली बिध्यार्थी सुष्मिता कपाली मृत फेला परेकी छिन् । न्यु साउथ वेल्स राज्य अन्तर्गत लेनकोभ भन्ने स्थानमा उनी मृत फेला परेको बताईएको छ । तर,मृत्युको कारण भने खुलाईएको छैन ।किर्तिपुर स्थायी घर भएकी कपाली अध्ययनका लागि सन् २०२० मा अष्ट्रेलिया आएकी बुझ्नमा आएको छ ।
उनको शव नेपाल पठाउन बिक्रम दाहालले गो फण्ड मि मार्फत सहयोग संकलन सुरु गरेको छन् ।दाहालले अभियानको सुरुमा १० हजार डलर संकलन गर्ने लक्ष्य राखेका थिए । उनले अभियानको लक्ष्य बढाएर २० हजार डलर पुर्याएका छन् । यो समचार तयार पार्दा सम्म १९ हजार ३ सय ८५ डलर जुटिसकेको छ । सो अभियानमा ७ सय भन्दा बढीले सहयोग गरेका छन् ।






