अष्ट्रेलियाका ७ शहरहरूमा टी-ट्वान्टी विश्वकप-२०२२ हुने

३० कार्तिक, काठमाडौं ।
आईसीसी टी-ट्वान्टी विश्वकप-२०२२ अष्ट्रेलियाका ७ शहरमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार अष्ट्रेलिया हुने विश्वकप ७ शहरमा आयोजना हुने जनाएको छ ।
विश्वकपका खेलहरु अष्ट्रेलियाको एडिलेड, ब्रिसबेन, जिलोङ, होबार्ट, मेलबर्न, पर्थ र सिड्नीमा हुनेछ । विश्वकप २०२२ को अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुनेछ । विश्वकपमा आयोजक तथा साविक विजेता अष्ट्रेलिया, न्युजिल्याण्ड, भारत, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, इंग्ल्यान्ड र दक्षिण अफ्रीकाले सुपर १२ मा स्थान बनाएका छन् । वेस्ट इन्डिज, श्रीलंका, नामिबिया र स्कटल्याण्डले पहिलो चरणमा प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।