सिड्नीमा २ साता लकडाउन थपियो

३१ असार,सिड्नी ।
अष्ट्रेलियाको एनएसडब्लु राज्य अन्तर्गत ग्रेटर सिड्नी,ब्लु माउन्टेन,सेन्ट्रल कोस्ट,ओलङगोंङ र सेलहार्बर क्षेत्रमा जारी लकडाउन १६ जुलाई बाट २ साता थप गरेर ३० जुलाई शुक्रबार सम्म लम्बाईएको छ । सिड्नी क्षेत्रमा कोरोना संक्रमित दरमा कमी नआएपछि एनएसडब्लु राज्य सरकारले लकडाउनलाई कडाई गर्दै थप गरेको हो । यस अघी दुई साताका लागि २६ जुन बाट ९ जुलाई सम्म घोषणा गरिएको लकडाउन ९ जुलाई बाट पुनः एक साता थपेर १६ जुलाई सम्म लम्बाईएको थियो । पछिल्लो समय एनएसडब्लु राज्यमा दैनिक ८० देखि १०० को बिचमा कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमित थपिए संग सरकार थप सचेत बनेको अधिकारीहरुले बताएका छन् ।

ग्रेटर सिड्नीको फेरफिल्ड सर्बअर्बमा कोरोना संक्रमितको संख्यामा बृद्दि भएसंगै २४ सै घण्टा कोरोना परिक्षणका लागि ‘ड्राईभथ्रु’को समेत ब्यबस्था गरिएको छ । ( तस्विरमाः सिड्नी सिटीको केन्द्र टाउनहल ट्रेनस्टेनस्थित जोर्ज स्ट्रिटको सडक । तस्विर सौजन्यःकबिर कडेल )

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।