मास्क नलगाउदा अष्ट्रेलियाका उपप्रधानमन्त्रीलाई २ सय डलर जरिवाना

१५ असार,सिड्नी ।
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोनाभाईरसको संक्रमित बढेसगै २६ जुन बाट जुलाई ९ सम्मका लागि लकडाउन गरिएको छ । सो अबधिमा अत्याबश्यक काम बाहेर बाहिर नजान र घर बस्न एनएसडब्लु सरकारले हेल्थ अर्डर गरेको हो ।यसैबिच लकडाउनकै अबधिमा अष्ट्रेलियाका उपप्रधानमन्त्री बर्नाबी जोइस बिना मास्क पेट्रोल स्टेशन जादा स्वास्थ्य सुरक्षाको अर्डर उल्लघन गरेको भन्दै दुई सय डलर जरिवाना गरिएको स्थानीय मिडियाहरुले लेखेका छन् ।न्यू साउथ वेल्स प्रहरीले उपप्रधानमन्त्री जोयसलाई जरिवाना तिराएको पुष्टि गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

अहिले देशभर कोरोनाको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाईएको छ । आजै बाट क्विसल्याण्ड राज्यका केहि स्थानहरुमा समेत ३ दिनका लागि लकडाउन घोषणा गरिएको छ । File Photo Source :Barnaby Joyce / The australian (Google)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।