१२ असार,सिड्नी ।
कोरोनाभाईरस (कोभिड १९) को संक्रमण बढेपछि ग्रेटर सिड्नी सहित ओलङगंङ,ब्लु माउन्टेन,सेलहार्बर र सेन्ट्रल कोष्टमा क्षेत्रमा १४ दिनका लागि लकडाउन भएको छ । गत साता देखी सिड्नी सिटी क्षेत्र आसपासमा कोरोना संक्रमित बढेपछि न्यु साउथ वेल्स राज्य अन्तर्गत सिटी अफ सिड्नी,र्याण्डविक,वेभरले र ओलोरा क्षेत्रमा शुक्रबार मध्यरात देखि लकडाउन घोषणा गरिएको थियो ।
शनिबार मध्यान्ह एनएसडब्लु राज्य अन्तर्गत ग्रेटर सिड्नी,ओलङगंङ,ब्लु माउन्टेन,सेलहार्बर र सेन्ट्रल कोष्टमा साँझ ६ बजे देखि लागु हुने गरी जुलाई ९ मध्यरात सम्मका लागि लकडाउन घोषणा गरिएको हो । लकडाउनको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन स्थानीय सरकारले आग्रह गरेको छ ।
कोरोनाभाइरसको डेल्टा भेरियन्टको महामारी फैलिने खतरा रहेकाले लकडाउन लगाउनुपरेको अधिकारीहरुको भनाइ छ । यसै साता देखि एनएसडब्लु राज्यमा स्कुल बिदा समेत रहेको छ ।







