२ जेठ,सिड्नी ।
चितवनमा बढ्दो अक्सिजनको अभाबलाई मध्यनजर गर्दै चितवन समाज अष्ट्रेलियाले ‘मिसन अक्सिजन’ योजना अनुसार आईतबार भरतपुर अस्पताललाई थप ३० थान अक्सिन सहितको सिलिण्डर हस्तान्तरण गरेको छ । सिलिण्डर हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु
श्रेष्ठ, उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल लगायतको उपस्थितिमा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीलाई हस्तान्तरण गरिएको हो । प्रबासमा रहेर पनि जिल्लावासीको स्वास्थ्यप्रति चिन्तित भएर सहयोग गरेको प्रति अध्यक्ष अधिकारीले प्रशंसा गरे । उनले अक्सिजनको अभाव भईरहेको समयमा भएको यस सहयोगले उपचारमा ठूलो सहयोग पुग्ने बताए ।
संस्थाका संरक्षक केशब प्रसाद सापकोटाको संयोजकत्वमा अष्ट्रेलियामा सहयोगदाताहरु संग रकम संकलन गरी समाजले सहयोग हस्तान्तरण गरेको हो । यस अघि शुक्रबार समाजले अस्पताललाई १० थान अक्सिन सहितको सिलिण्डर हस्तान्तरण गरेको थियो ।







