चितवन समाज अष्ट्रेलिया दशौ बर्षमा,पुर्णनाथको नेतृत्वमा नयाँ समिति

२९ मार्च,सिड्नी ।
सन् २०११ मा स्थापना भएको चितवन समाज अष्ट्रेलिया दशौ बर्षमा प्रबेश गरेको छ । आईतबर सिड्नी स्थित ग्रानभिलमा साधारण सभामा दशौ बर्षमा प्रबेश गरेको घोषणा गरिएको हो । समाजले आईतबार नै पुर्णनाथ घिमिरेको अध्यक्षतमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । समाजको उपाध्यक्षमा बिकास बर्तौला,कोषाध्यक्षमा सीता सुबेदी र सहकोषाध्यक्षमा कृष्ण पौडेल रहेका छन् । नयाँ नेतृत्वले समाजको महासचिव र सह-सचिब नियुक्त गर्ने निर्बाचन समुहले घोषणा गरेको हो । समाजको प्रबक्तामा श्यामसुन्दर गिरी र जनसम्पर्क संयोजकमा पुरु सडौलालाई चयन गरेको छ ।यस्तै कार्यसमिति सदस्यहरुमा आत्मराम कँडेल, कुशल केसी, हरिभक्त अधिकारी, रमेश अधिकारी, हेमराज पौडेल, आनन्द पाठक, विष्णु थपलिया, आशा श्रेष्ठ, सुजन बर्तोला र आशिष न्यौपाने रहेका छन् ।

कार्यक्रममा न्यू साउथ वेल्स राज्यका महावाणिज्यदूत दिपक खड्काले जन्मेको ठाउँ र हुर्केको गाउँलाई सम्झेर प्रवासमा पनि मुलुकको विकास र विस्तारमा सहयोगी भूमिकामा देखा पर्नु महत्वको विषय भएको बताए ।सभामा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल एनआरएन आइसीसीका उपाध्यक्ष मन केसी एनआरएनए अस्ट्रेलियाका पूर्व कोषाध्यक्ष डिला खरेल, एनआरएनए ओसियना संयोजक होम पाण्डे, महिला संयोजक जानकी पौडेल लगायतले नवनिर्वाचित पदाधिकारीको सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाका पदाधिकारी,ब्यापारी र समाजसेवीहरुको समेत सहभागीता थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।