१८ फेब्रुअरी,सिड्नी ।
बिहिबार बिहान देखी सामाजिक संजाल फेसबुकमा अष्ट्रेलियाका अंग्रेजी धारका मिडिया न्युजलाई समचार शेअर गर्न फेसबुकले प्रतिबन्ध गरेको छ । फेसबुकले न्युज शेअरिङमा प्रतिबन्ध गरेपछि यो खबरले अन्तर्राष्ट्रिय जगतमै ध्यानाकर्षण गरेको छ ।सरकार र फेसबुक कम्पनी बिच यस बिषयमा छलफल जारी रहेको प्रधानमन्त्री स्कट मरिसनले केहि समय अघि फेसबुकमा लेखेका छन् ।
यो खबर तयार पार्दा सम्म अष्ट्रेलियाको आईपीमा चल्ने अंग्रेजी न्युज पोर्टल र टिभिका फेसबुक पेज र ग्रुपका न्युज फेड फेसबुकले हटाईएको छ । यद्दपी अंग्रेजी बाहेकका समचार पोर्टलहरु भने फेसबुक पेज र ग्रुपहरुमा चलिरहेका छन् ।Photo : 7news






