सिड्नी नेपाली बिध्यार्थीको मृत्यु

४ फेब्रुअरी ।
सिड्नीमा बुधबार एक नेपाली बिध्यार्थीको मृत्यु भएको छ । सिड्नी स्थित अलवा बस्दै आएका रबिन आचार्यको बुधबार निधन भएको उनी निकटका साथीहरुले बताएका छन् । विराटनगर स्थायी घर भएका रबिन काम बाट घर फर्कदै गर्दा ट्रेनमा नै सन्चो नभएको र बिच बाटोबाट नै अस्पताल लगिएको बुझिएको छ र उपचारका क्रममा मृत्यु भएको बताईएको छ ।रबिनका साथीहरु उनको शव नेपाल पठाउनको लागि जुटेका छन्। तर आर्थिक संकट आएको छ। उनीहरुले शव नेपाल पठाउनको लागि ८ देखि १० हजार डलरसम्म लाग्ने उल्लेख गर्दै सबैसंग सहयोगको लागि आग्रह गरेका छन् । मृत्यु कारण भने अझै खुलाईएको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।