२१ डिसेम्बर ।
अष्ट्रेलियाको एनएसडब्लु राज्यमा कोरोनाभाईरसको संक्रमण पुनः बढ्न थालेको छ । डिसेम्बर ९ पछि संक्रमित संख्यामा बृद्दि आएको हो । यो खबर तयार पार्दा सम्म बितेको २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । डिसेम्बर दोस्रो साता देखि बढ्न थालेको कोरोनाभाईरसको संक्रमण बितेको साता नर्थन बिचेज क्षेत्रमा आकस्मिक रुपमा बृद्दि भएको हो ।
एनएसडब्लु हेल्थका अनुसार आईतबार बिहान ३६ जनामा कोरोना पुष्टी गरिएको थियो । यस्तै शनिबार ३० जना शुक्रबार १६ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको थियो । एनएसडब्लुमा कोरोना संक्रमण संगै अन्य राज्यहरुले आंशिक रुपमा अन्तरराज्य प्रबेशमा समेत बन्देज लगाएको छ । पछिल्लो तथ्याङ सहित एनएसडव्लुमा कुल संक्रमित संख्या ४ हजार ५ सय ८२ पुगेको छ बने मृतक संख्या ५५ रहेको छ ।






