अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउन क्वारेन्टिन व्यवस्था मिलाउने तयारी

९ मंसिर,सिड्नी ।
न्यु साउथ वेल्सको अर्थतन्त्र उकास्न भन्दै प्रत्येक हप्ता १ हजार अन्तर्राष्ट्रिय विद्यार्थी र दक्ष आप्रवासी भित्र्याउने आफ्नो योजना रहेको प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताएकी छिन्।
न्यु साउथ वेल्समा होटेल क्वारेन्टिन व्यवस्थाका लागि छुट्टाइएका मध्ये एक तिहाई स्थान अन्तर्राष्ट्रिय विद्यार्थी र दक्ष आप्रवासीहरुका लागि प्रयोग गर्ने प्रिमियरको योजनाको अन्तर्राष्ट्रिय शिक्षा उद्योग

NSW Premier Gladys Berejiklian Photo Source : 9news

द्वारा स्वागत गरिएको छ।आइतबार आयोजना भएको एक पत्रकार सम्मेलनमा बेरेजिक्लियनले कोरोनाभाइरसका कारण प्रभावित भएको राज्यको अर्थतन्त्र उकास्न एक हजार विद्यार्थी र आप्रवासीहरुलाई भित्राउने आफ्नो योजनाबारे बताएकी थिइन्।

प्रिमियरको उक्त विचार संघीय सरकारको भन्दा विपरित रहेको छ। मोरिसन सरकारले चाहिं विदेशबाट फर्कने अस्ट्रेलियालीहरुलाई क्वारेन्टिन होटेलको प्राथमिकतामा राख्ने बताउदै आएको छ।
साथै न्यु साउथ वेल्स प्रिमियरले अन्य राज्य र प्रदेशका आफ्ना समकक्षीहरुलाई पनि विदेश बाट भित्र्याउने यात्रुहरुको संख्या बढाउन आग्रह गरेकीछिन् । स्रोतःएसबिएस नेपाली

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।