विद्यार्थी र पर्यटकका लागि अष्ट्रेलिया खुल्ने संकेत

२२ कार्तिक,काठमाण्डौ ।
अस्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले विस्तारै र सुरक्षित तबरले अस्ट्रेलिया प्रवेश खोल्ने तयारी भइरहेको जानकारी दिएका छन् । टजले शनिबार कोभिड-१९ का कारण पछिल्लो आठ महिनादेखि सर्वसाधारण र विद्यार्थीहरूका लागि बन्द अस्ट्रेलियाको बोर्डरलाई प्राथमिकताका सुचिमा राखेर सुरक्षित वातावरणमा खोल्ने गृहकार्य भइरहेको बताएका हुन् । कोरोना भाइरसको सक्रंमण बढेपछि गत आठ महिनादेखि विदेशी,पर्यटक तथा विद्यार्थीहरू अस्ट्रेलिया आउन पाएका छैनन्। टजले सबैभन्दा पहिला भिषा लागेर बसेका अन्तराष्ट्रिय विद्यार्थीलाई सुरक्षित रुपमा बिस्तारै अस्ट्रेलिया आगमन खोल्ने बताएका छन् । ‘पर्यटक र सर्वसाधारणको हकमा कोभिडबाट सुरक्षित राष्ट्रहरूको प्राथमिकता हरेर बिस्तारै आगमन खुल्ला गर्ने सोच बनाएका छौ’, टजले भने।

यसअघि चाल्र्स डार्बिन विश्वविद्यालयले आफ्ना ७० जना विद्यार्थीहरूलाई पहिलो चरणको कार्यक्रम अन्र्तगत डार्बिन ल्याउने भैसकेको छ। कोभिडको महामारीकाबीच अन्तर्राष्ट्रिय विद्यार्थी भित्राउने पहिलो राज्य डार्बिन बन्ने भएको छ। यस्तै साउथ अस्ट्रेलियाले पनि आफ्ना तीन सय अन्तर्राष्ट्रिय विद्यार्थी फिर्तीको लागि पहल गरिसकेको छ । न्यु साउथवेल्सको हकमा भने २०२१ को प्रारम्भमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सुरक्षित तवरमा क्वारेन्टाइनसहित आगमन खुला गर्ने लक्ष्य रहेको कार्यक्रममा मन्त्री टजले बताए ।

चार्ल्स डार्विन विश्वविद्यायलयका उपकुलपति एन्ड्रयु एभर्टले हरेक वर्ष नर्दन टेरोटेरी सरकारलाई अन्तर्राष्ट्रिय विद्यार्थी मार्फत् ९९ मिलियन डलरको आम्दानी हुने र पाँच सय उद्योगमा रोजगारको सहयोग हुनेहुँदा यो कदम उपलब्धिमुलक भएको बताए ।

करिब ६ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययन गर्ने अस्ट्रेलियाले यस बापत वर्षेनी ३७.६ बिलियन डलर आम्दानी गर्नेगर्छ जुन मुलुकको अर्थतन्त्रको निकै ठुलो हिस्सा हो ।पछिल्लो आठ महिनामा मात्र कोरोनाका कारण अस्ट्रेलिया बन्द हुँदा एक लाख २० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अस्ट्रेलिया आउन पाएका छैनन् । Photo:Ozstudy

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।