सिड्नीमा एक नेपाली बिद्यार्थीले त्यागे जीवन

१ सेप्टेम्बर,सिड्नी ।
सिड्नी बस्दै आएका २९ बर्षीय एक नेपाली बिध्यार्थीले सोमबार (३१ अगष्ट) मा जीवन गुमाएका छन् । सामाजिक संजाल फेसबुकमा एक महिलाले उनको निधनमा अन्तिम संस्कारका लागि सहयोग अपिल समेत गरेकी छिन् । फेसबुकमा सार्बजनिक फण्ड राईजको बिबरणको आधारमा उनले हालको अबस्था (कोभिड)ले निम्ताएको आर्थिक भारका कारण आफैले जीवन समर्पण गरेको बुझिएको छ । उनको अन्तिम संस्कारका लागि अहिलेको अबस्थामा शब नेपाल पठाउन नसकिने भएकाले सिड्नीमा नै गरिने पनि बताइएको छ । मृतकको अन्तिम संस्कारका लागि ५ हजार देखी ६ हजार अष्ट्रेलियन डलरको आबश्यकता रहेकाले नेपाली समुदायलाई सहयोग गर्न फण्डराइजरले अपिल गरेकी छिन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।