२० अगष्ट,सिड्नी ।
कोरोनाको कारण सिड्नीको मिन्टु स्थित मुक्ती गुप्तेश्वर (हिन्दु) मन्दिरमा यसपटक तीज पुजा रोकिएको छ । मन्दिर ब्यबस्थापन समितिले तीज पुजा नहुने सन्देश दिएको गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाले फेसबुक मार्फत् जानकारी गराएको छ । हरेक बर्ष बिशेषगरी हरितालिका (तीज)का दिन सिड्नीका हजारौहिन्दु नारीहरुले सो मन्दिरमा पुज-अर्चना गर्दै आएका छन् ।
पछिल्लो समय मेल्बर्नमा कोरोना संक्रमित बढेसंगै न्यु साउथ वेल्स राज्यमा समेत कडाई गरिएको हो । कोरोनाकै कारण गत यस बर्ष अष्ट्रेलियामा तीजका कार्यक्रम आयोजना भएनन् । बिगतका बर्षहरुमा सिड्नीमा मात्रै दर्जन भन्दा बढी तीजका कर्मिशियल ईभेन्टहरु आयोजना हुदै आएका थिए । यस पटक तीजका कार्यक्रमहरु नहुदा घर-परिवारका सदस्य बिच नै अष्ट्रेलियाका नेपाली समुदायले तीजको दर खाने कार्यक्रम गरिरहेका छन् । File Photo






