अष्ट्रेलिया रहेर कलाकारितामा निरन्तरता दिदै रेग्मी

१८ अगष्ट,सिड्नी ।
गायक तथा मोडल नरेश रेग्मीले अष्ट्रेलिया बसेर कलाकारितामा निरन्तरता दिएका छन् । नेपाल रहदा केहि म्युजिक भिडियो तथा बिज्ञापनमा अभिनय गरेका रेग्मी बिगत केहि बर्ष देखी अष्ट्रेलिया बस्दै आएका छन् । लोकदोहोरी गीत-संगीतमा निकट रहेका रेग्मी पछिल्ला बर्षहरुमा आधुनिक गीत-संगीतमा समेत सकृय देखिएका हुन् । उनले गत बर्ष दुई गीत सार्बजनिक गरेका थिए ।अहिले कोरोना कहरका बिच पनि कलाकारितालाई निरन्तरता दिदै नयाँ गीत सार्बजनिक गर्ने तयारीमा रहेको उनले बताए । उनको नयाँ गीत ‘म सास बन्न पाए’ मा मोडल पुष्प बहादुर खड्का र एलिजा गौतमले अभिनय गरेका छन् । रेग्मीको स्वर रहेको गीतमा बसन्त सापकोटाको शब्द,संगीत रहेको छ । अर्जुन तिबारीको छाँयाकन रहेको म्युजिक भिडियोमा शिब बिकको निर्देसन रहनेछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।