१८ अगष्ट,सिड्नी ।
सिड्नीमा एक नेपाली युबाले आत्महत्या गरेका छन् । केहि बर्ष देखी सिड्नी बस्दै आएका ती युबाले मनीट्रान्सफरका नाममा पैसा उठाएको र सम्बन्धित ब्यक्तिको खातामा पैसा जम्मा नभएपछि केहि ब्यक्तीहरुले सामाजिक संजालमा उनको फोटो पोष्ट गर्दै आएका थिए । करिब एक महिना अघि देखि नै ती युबा फ्रड (स्क्यामर) रहेको भन्दै सजग गराउनका निम्ति भन्दै फेसबुकमा
उनको फेसबुकको प्रोफाइलनै स्कृन सट पोष्ट गर्दै गालि-गलौज समेत गरिएका थिए । सामाजिक संजालमा फोटो आएपछि पैसा तिर्न खोजे पनि पैसाको चाँजोपाँजो मिलाउन नसकेपछि तनाबमा रहेर उनले आत्महत्या गरेको हुन सक्ने उनलाई नजिक बाट चिन्ने स्रोतले बतायो । उनले शुक्रबार (१४ अगष्ट) मा टेम्पे पार्कमा झुण्डिएर आत्महत्या गरेको समेत स्रोतले बतायो । यद्दपी अझै पनि उनको आत्महत्यालाई केहिले विश्वास गरेका छैनन् । (Photo Source : Death row inmates have right to die with dignity; abolish hanging: PIL in Supreme Court / DNA / Google)






