४ अगष्ट,सिड्नी ।
विश्वभर कोरोनाभाईरसका कारण आर्थिक मन्दी छाइरहेको छ । ब्यापार-ब्यबसाय करिब-करिब ठप्प नै छन् । कोरोनाको असर अधिकांस ब्यापारलाई परिरहेका बेला नेपाली समुदायमा भने नयाँ ब्यापार थप्नेहरु बढेका छन् । यसैबिच सिड्नीको रकडेलमा केहि बर्ष देखि संचालित ‘जय हो जय हो इन स्टाईल’ले आफ्नो ब्यापारलाई फराकिलो पारेको छ ।
शनिबार ‘जय हो जय हो इन स्टाईल’ले ‘जय हो हेयर एण्ड ब्युटी’संचालनमा ल्याएको हो । ‘जय हो जय हेयर एण्ड ब्युटी’मा महिला तथा पुरुषको सौन्दर्य सम्बन्धि सेबा प्रदान हुने संचालक राज अधिकारीले बताए ।






