४ अगष्ट,सिड्नी ।
अष्ट्रेलियाको मेल्वर्न बस्दै आएका एक नेपाली ठगी आरोपमा पक्राउ परेका छन् । उनी गत साता मेल्बर्नमा पक्राउ परेका हुन् । उनले करिब ७ बर्ष अघि देखी हुण्डी लगायत बिभिन्न प्रलोभन र बहानामा नेपाली बिध्यार्थी लगायतका ब्यक्तीहरुलाई ठग्दै आएको खुलेको छ ।उनले नेपालीहरुसँग हुन्डीमार्फत नेपालबाट पैसा ल्याइदिने, नेपालमा पैसा पठाइदिने भन्दै ठगी गर्दै आएको कुरा लामो
समय देखि सामाजिक संजालमा पोष्ट हुदै आएका थिए । पिडितहरुको आग्रहमा गैर-आवासीय नेपाली संघका पदाधिकारीहरु संगको सहकार्यमा पिडितहरुलाई पैसा फिर्ता गर्ने सहमती गरे पनि सो समयमा उनले पैसा फिर्ता नगरेपछि पिडितहरुले प्रहरीमा उजुरी गरेका थिए ।ठगी गर्ने ब्यक्तीलाई ठगी आरोपमा मेल्बर्नको अदालतमा पेश गरिएको र अदालतले जमानत दिन अस्विकार गरेको खुल्न आएको छ ।
उनको सुनुवाई नोभेम्बर पहिलो साता रहेको बताइएको छ ।अष्ट्रेलियामा सामाजिक संजालमा रेमिट्यान्स,ट्राभल या त सहयोगीकर्ताको पेज तथा ग्रुप बनाई राम्रो रेट दिने भन्दै रेमिट्यान्स र हुण्डीको नाममा बिध्यार्थीहरुलाई प्रलोभनमा पार्दै ठग्दै आइरहेका छन् ।







