२३ जुलाई,सिड्नी ।
अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा ५ सय २ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । सबैभन्दा बढी भिक्टोरिया राज्यमा मात्रै ४ सय ८४ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको हो । यस्तै एनएसडब्लुमा १६ जना,साउथ अष्ट्रेलियामा १ र क्विसल्याण्ड राज्यमा १ जनामा कोरोना पुष्टी भएको हो ।पछिल्लो संक्रमित सहित कोरोनाभाइरसको संक्रमित कुल संख्या १२ हजार ८ सय ९६
पुगेको छ । यस्तै ८ हजार ६ सय ५३ जना कोरोनाबाट निको भएका छन् । भने, १ सय २८ जनाको मृत्यु भैईसकेको छ । संक्रमित कुल मध्ये ३ हजार ५ सय ४२ केस अझै सकृय रहेको छ ।
कोरोनाभाईरसको नयाँ संक्रमितहरु भिक्टोरिया,एनएसडब्लु,क्विसल्याण्ड र साउथ अष्ट्रेलियामा राज्यमा मात्र भेटिएका हुन् । अन्य बाँकी ४ राज्य र टेरिटोरीमा भने पछिल्लो २४ घण्टामा कोरोनाभाईरसको संक्रमण भेटिएका छैनन् ।






