२१ जुलाई,सिड्नी ।
अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा २ सय ९६ कोरोनाभाइरसको नयाँ संक्रमित पुष्टी भएको छ । सबैभन्दा बढी भिक्टोरिया राज्यमा मात्रै २ सय ७५ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको हो ।
अष्ट्रेलियामा कोरोनाभाइरसको संक्रमित कुल संख्या १२ हजार ६९ पुगेको छ । यस्तै ८ हजार ३ सय ९२ जना कोरोनाबाट निको भएका छन् । भने, १ सय २३ जनाको मृत्यु भैईसकेको छ ।
देशभर पछिल्लो २४ घण्टामा ५७ हजार ९ सय ६२ जनाको पिसिआर टेष्ट गरिएकोमा २ सय ९६ जनामा पुष्टी भएको हो । कोरोनाभाईरसको नयाँ संक्रमितहरु भिक्टोरिया,एनएसडब्लु र क्विसल्याण्ड राज्यमा मात्र भेटिएका हुन् । अन्य बाँकी ५ राज्य र टेरिटोरीमा भने पछिल्लो २४ घण्टामा कोरोनाभाईरसको संक्रमण भेटिएका छैनन् ।






