अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अष्ट्रेलियन सरकारले जारी गरेको निर्णयहरु यस्ता छन्

२० जुलाई,सिड्नी ।
अष्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि केहि महत्वपुर्ण निर्णय जारी गरेको छ । सरकारको निर्णय बिशेषतःविद्यार्थीहरुका लागि प्रदान गरिने भिसा र वर्क परमिट संग सम्बन्धित छन् ।
कोरोनाभाइरस (कोभिड-१९)कै कारण मारमा परेका अन्तराष्ट्रिय बिध्यार्थीहरुका लागि अष्ट्रेलियाका शिक्षा मन्त्रि डान टेहान र कार्यबाहक अध्यागमन तथा नागरिकता सम्बन्धि मन्त्रि एलान टज द्वारा प्रेषित सयुक्त प्रेस बिज्ञप्तिमा उक्त सुबिधा हरुको घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय बिध्यार्थीका सन्दर्भमा यस्ता छन् नयाँ ब्यबस्था तथा निर्णयहरुः
१. अफसोर लोकेशन हरुबाट विद्यार्थी हरुलाई भिषा प्रदान गर्न सुरुगर्ने जसले गर्दा बोर्डरहरु खुला हुनासाथ विद्यार्थीहरु अष्ट्रेलिया प्रवेश गरि आफ्नो अध्ययन सुरु गर्न सकुन।
२.कोभिड-१९ का कारण अन्तराष्ट्रिय विद्यार्थीहरुले आफ्नो कोर्स समयमा पूरा गर्न नसकेको खण्डमा निशुल्क भिषा थपको सुबिधा पाउने छन् ।
३.कोभिड-१९ का कारणले हाल अष्ट्रेलिया बाहिरै बसी अनलाइन क्लास लिएका विद्यार्थीहरुले पनि अष्ट्रेलियन अध्ययनको मापदण्ड पुरा गरेको मान्यता दिदै पोस्ट-स्टडी वर्क परमिट प्राप्त गर्न सक्ने छन्।
४.आफ्नो अध्ययन पुरा गरि कोभिड-१९ का कारण अष्ट्रेलिया बाहिर रोकिएका विद्यार्थी भिषा बाहकहरुले पनि पोस्ट स्टडी वर्क भिषाको लागि आवेदन भर्न सक्ने छन्।
५.भिषा आवेदन गर्दा English Language को result बुझाउनु पर्ने र कोभिड-१९ का कारणले ढिला हुन गएको अवस्थामा विद्यार्थीहरुले अतिरिक्त समय पाउने छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।