१९ जुलाई,सिड्नी ।
अष्ट्रेलियाको सबैभन्दा सर्बाधिक धेरै जनसंख्या रहेको एनएसडब्लु राज्य (सिड्नी मुख्य शहर) पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । १७ जुलाई राती ८ बजे देखी १८ जुलाई राती ८ बजेसम्म गरिएको २५ हजार ९ सय १७ जनाको परिक्षणमा १८ जनामामा पोजेटिभ भेटिएको एनएसडब्लु हेल्थले जनाएको छ ।
नयाँ संक्रमित सहित एनएसडब्लुमा कोरोना संक्रमितको कुल संख्या ३ हजार ३ सय ७९ पुगेको छ।यस्तै निको हुनेको कुल संख्या २ हजार ७ सय ९९ पुगेको छ । राज्यभर कोरोनाभाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५१ रहेको छ । यस्तै राज्यभर ११ लाख ८१ हजार ८५ जनामा कोरोनाभाइरसको परिक्षण गरिएको छ ।






