१६ जुलाई,सिड्नी ।
अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा मात्रै ३ सय ३० कोरोनाभाइरसको नयाँ संक्रमित पुष्टी भएको छ । सबैभन्दा बढी भिक्टोरिया राज्यमा मात्रै ३ सय १७ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको हो ।अष्ट्रेलियामा कोरोनाभाइरसको संक्रमित कुल संख्या १० हजार ८ सय १० पुगेको छ । यस्तै ८ हजार ३६ जना कोरोनाबाट निको भएका छन्
भने १ सय १३ जनाको मृत्यु भैईसकेको छ । देशभर पछिल्लो २४ घण्टामा ६५ हजार ५ सय ७५ जनाको पिसिआर टेष्ट गरिएकोमा ३ सय ३० जनामा पुष्टी भएको हो । यो संगै कुल परिक्षणको संख्या ३ लाख २८ हजार ७ हजार ७ सय १६ पुगेको छ ।भिक्टोरियामा कोरोना संक्रमित बढेपछि गत साता देखि नै ६ साता सम्मका लागि लकडाउन गरिएको छ ।






