सिड्नी बाट १०४ जना नेपाली लिएर उड्यो सिंगापुर एयर

१४ जुलाई,सिड्नी ।
अष्ट्रेलियाको सिड्नीमा लकडाउनका कारण नेपाल फर्कन नपाएका १ सय ४ जना नेपालीहरु नेपाल फर्केका छन् । गैर-आवासीय नेपाली संघ अष्ट्रेलिया र नेपाली राजदुताबासको समन्वयनमा उनीहरुलाई नेपाल फर्काईएको हो । सिंगापुर एयरबाट ८ बजेर ३० मिनेटमा उडेको बिमान ब्रिसबेनमा करिब एक घण्टा अबतरण गरि ब्रिसवेनका १२ जना नेपाली यात्रुहरु लिएर सिंगापुर उडान भर्नेछ । सिंगापुरमा स्थानीय समय अनुसार बिहान ५ बजे पुग्नेछ र पौने नौ बजे काठमाण्डौका लागि उड्नेछ । यसरी उडेको बिमान १२ बजेर १० मिनेटमा अबतरण हुनेभएको छ ।
सिड्नी स्थित बिमानस्थलमा गैर-आबासीय नेपाली संघ अष्ट्रेलियाका पदाधिकारी तथा स्वयमसेवकहरुले नेपाली यात्रुहरुलाई सहयोग गरेका थिए ।

नेपाल जान पाउदा खुसी लागेको केहि यात्रुहरुले नेपाल टिभिलाई बताए ।आजै राति मेल्बर्न बाट पनि ३३ जना नेपाली यात्रु लिएर सिंगापुर एयर उड्दैछ । सिंगापुरबाट सिड्नी,ब्रिसवेन र मेल्बर्नका नेपाली यात्रु लिएर चार्टड बिमान काठमाण्डौ उड्ने भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।