९ जुलाई,सिड्नी ।
अष्ट्रेलियामा कोरोनाभाईरस (कोभिड-१९)को संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर १ सय ४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको हो । कोरोनाको दोस्रो बेभ मानिएको यो लहर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अचानक ठुलो संख्यामा बढेपछि राज्यभर ६ साता सम्मका लागि लकडाउनको घोषणा गरिएको छ । भने,अन्य राज्य र टेरिटोरि संग जोडिएका
नाकाहरु बन्द गरिएको छ । बितेको २४ घण्टामा भिक्टोरिया राज्यमा मात्रै १ सय ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । भने,न्यु साउथ वेल्स राज्यमा ८ जना र अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)मा ३ जना र वेष्ट्रन अष्ट्रेलियामा २ जनामा संक्रमण पुष्टी भएको छ । यो संगै अहिले सम्म देशभर कोरोना संक्रमितको संख्या ८ हजार ८ सय ८६ पुगेको छ ।
यस्तै निको हुनेको संख्या ७ हजार ४ सय ८७ रहेको छ । कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ६ रहेको छ । अष्ट्रेलियामा अहिले सम्म २८ लाख ५६ हजार ४ सय ६ जनामा कोरोनाभाइरस परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५५ हजार २ सय ९९ जनामाको कोरोनाभाइरसको परिक्षण गरिएको अष्ट्रेलियन हेल्थले जनाएको छ । देशभर कोरोनाभाइरसको संक्रमण फैलन नदिन सचेतना अपनाईएको छ ।







