७ जुलाई,सिड्नी ।
कोरोनाभाइरस (कोभिड १९) को दोस्रो लहर अष्ट्रेलियामा देखा परेको छ । अष्ट्रेलियाको मेल्वर्नमा केहि दिन देखी कोरोना संक्रमितको संख्या बढ्न थालेपछि भिक्टोरिया राज्यले राज्यभर ६ साताको लकडाउन घोषणा गरिएको छ । नयाँ लकडाउन मिति आज मध्यरात देखि लागु हुने भएको छ । यस्तै भिक्टोरिया संग जोडिएका स्थलगत नाकाहरु (बोर्डर) पनि मध्यरात देखि नै बन्द घोषणा
गरिएको छ ।दुई साता अघिसम्म नियन्त्रणमा रहेको कोरोनाभाइरसको संक्रमण भिक्टोरियामा सोमबार एक सय पचास र मंगलबार लगभग दुई सयको संख्यामा कोरोनाका संक्रमित पुष्टी भएका छन् ।लकडाउनमा आवश्यक खाद्य सामाग्री खरिद गर्न, अत्यावश्यक कार्य गर्नका लागि बाहेक घर बाहिर ननिस्कन सरकारले आग्रह गरेको छ ।
यस्तै सार्वजनिक स्थानमा दुई जनाभन्दा बढी भेला हुन पाइने छैन । विवाहमा पाँच जना र मृत्यु संस्कारमा दश जनासम्म सहभागी हुन पाउने छन् । भिक्टोरियमा कोरोनाको संक्रमण बढेसंगै एनएसडब्लुमा समेत संक्रमित बढ्न थालेका छन् । पछिल्ला दिनहरुला १० देखि २० जनाको बिचमा हरेक दिन भढिरहेका छन् । एनएसडब्लुले अहिले मध्यरात देखि भिक्टोरिया संगको नाका बन्द गरेको छ ।photo:google /the australian







