२९ जुन,सिड्नी ।
आईतबार राती ९ बजेर १० मिनेटमा नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्नीको अबर्न सबअर्बमा एक नेपाली युबतीले लुटेरा संग प्रतिकार गरेकी छिन् । नेपालीको पसलमा हुडले मुख छोपेर पसेको लुटेरालाई पसलमा काम गर्ने युबतीले काउन्टरको सोकेस बाट चक्कु झिकेर लेखेटेको भिडियो सार्बजनिक भएको छ । भिडियो सार्बजनिक भए देखि नै ती युबतीको बहादुरीको प्रशंसा गरिएको छ ।स्थानीय मिडियामा ती युबतीले लुटेरा काउन्टरमा पसेर पैसा मागेको र आफुले चक्कुको सहाराले प्रतिकार गरेकी बताएकी छिन् ।






