जुन १३ देखि अष्ट्रेलियामा ब्युटी पार्लर र मसाज देखि जीम सबै खुल्दै

३ जुन,सिड्नी ।
कोरोनाभाइरस (कोभिड १९) नियन्त्रणमा आए संगै अष्ट्रेलियाको दैनिकी पुरानै अबस्थामा फर्कने तयारीमा छ । मिनिलकडाउनले करिब दुइ महिना बन्द रहेका क्याफे,रेष्टुरेण्ट,कार्यालय लगायतका ब्यापार ब्यबसाय सबै खुलिसकेका छन् । सामाजिक दुरी कायम राख्दै ब्यबसाय अनुरुप राज्यको शर्तहरुको पालना गर्दै ब्यापार-ब्यबसाय चलिरहेका छन् । यसैबिच यहि जुन १३ तारिख देखि अष्ट्रेलियाको एनएसडब्लु राज्यमा रहेका फिटनेश,जिम,योगा,डान्स स्टुडियो खुल्ने भएका छन् । यि ब्यबसायमा प्रत्येक कक्षामा १० जना सम्म राख्न पाईने र ईनडोर (घरभित्र) एक सय जना सम्म प्रबेश गर्न दिइने भएको छ । यो सर्तमा करिब सबै जिमहाउसहरु पर्छन् । यसैगरी सामुदायिक भबनहरु र रिक्रियस्नल सेवा-सुबिधाहरु पनि संचालन गर्न पाइनेभएको छ । स्विमिङ पुल र साउनाहरु पनि शर्तहरुको पालना गर्दै संचालनमा आउने भएका छन् ।

यस्तै लकडाउनको मारमा परेको मसाज,टाटु ब्यबसाय र ब्युटी पार्लर पनि १० जना सम्म ग्राहक प्रबेश गराउन पाइने शर्तमा खुल्ने भएका छन् । यसैगरी १८ बर्ष या सोभन्दा मुनिकाको सामुदायिक स्पोर्टस् कम्पिटिसन जुलाई १ देखी संचालन हुने भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।