अष्ट्रेलियाका ३ नेपाली उपचारका लागि भारत पुगे

२८ मे,सिड्नी ।
अष्ट्रेलियामा कोरोनाले अलपत्र परेका भारतीय नागरिकलाई भारत सरकारले उद्दार गर्ने क्रममा ३ जना नेपालीलाई समेत उद्दार गरेको छ । ती नेपालीहरु भारतको नयाँ दिल्ली पुगिसकेका छन् ।नेपालमा कास्की जिल्ला घर भएका अर्जुन प्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्रसाद तिमिल्सिना यि ३ बुबा-छोरालाई भारतीय नागरिकहरुसँगै नयाँदिल्ली पठाइएको हो । एक छोराबोनम्यारो सम्बन्धी विरामी हुनाले उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको हो ।उनीहरुलाई अष्ट्रेलियास्थित नेपाली दूतावासले भारतीय दुताबास संगको समन्वयनमा दिल्ली पठाइएको हो । बिरामीको दिल्ली स्थित बिएलके अस्पतालमा बोनम्यारो प्रत्यारोपण गरिने भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।