२७ मे,सिड्नी ।
गत ७ मे बिहिबार साँझ ६ बजे नेपाली टिभीडटकमडटएयुमा प्रकाशित “सिड्नीको रकडेलमा मृत अबस्थामा फेला परिन् नेपाली युबती” शिर्षकको समचारमा गैर-आवासीय नेपाली संघ अष्ट्रेलिया र एनएसडब्लु राज्य समितिको नाम प्रकाशन हुदा गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको ध्यानकर्षण भएको अनौपचारिक जानकारी प्राप्त भएको छ ।
प्रकाशित उक्त समचारमा गैर-आवासीय नेपाली संघ अष्ट्रेलिया,एनएसडब्लु राज्य समिति र पदाधिकारीहरुको मान-मर्दन गर्ने कुनै नियत नभएको प्रष्ट पार्दै समचार स्रोतका अनुसार गैर-आवासीय नेपाली संघ अष्ट्रेलिया र एनएसडब्लु राज्य समितिको नाम प्रकाशन भएकोमा कोही-कसैको भाबनामा ठेस पुगेको भए क्षमा सहित यो खण्डन प्रकाशन गरिएको छ ।
आगामी दिनमा थप मर्यादित र संयमित भइ निरन्तर रुपमा समचार सम्प्रेषण गर्ने प्रतिबद्दता जनाउदै अष्ट्रेलियामा निरन्तर रुपमा सामाजिक काममा सकृय रहनु भएका सबैमा धन्यबाद ब्यक्त गरिन्छ ।
-सम्पादक







